
काठमाडौं ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।
लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध स्वरूप थुनामा राखिएको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन्।
उनले सहकारी ठगीमा संलग्न नरहेको र आफ्नो भागको बिगो रकम बैंकमार्फत जमानत राख्न तयार रहेको उल्लेख गरेका छन्। लामिछानेको सचिवालयले साउन १९ गते निवेदन दर्ता गरे पनि चार दिनसम्म सार्वजनिक गरिएको थिएन।
लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा थुनामा छन्। जिल्ला अदालतले एकपटक धरौटीमा रिहा गर्न आदेश दिए पनि उच्च अदालतले त्यसलाई उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।