
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागको अनुसार २०८२ साउन २८ गते बुधबार देशका विभिन्न प्रदेशहरूमा वर्षा र मेघगर्जनको सम्भावना रहेको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। केही स्थानहरूमा भारी वर्षा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
विभागले वर्षाका कारण बाढी, पहिरो तथा जल–जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।