
दार्चुला ।
व्यास गाउँपालिका–१ मा अविरल वर्षापछि टिङ्कर खोलामा आएको बाढीले तीनवटा काठेपुल र गोरेटो बाटो बगाउँदा टिङ्कर र छाङरु गाउँसँगको सम्पर्क टुटेको छ। बुधबार राति करिब ८ बजे आएको बाढीले छाङरुको गागामा रहेको पुल, नाम्पा खोलाको पुल र टिङ्कर जाने पुल बगाएको सशस्त्र प्रहरीले जनाएको छ।
छाङरुस्थित सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी त्रासमा रातभर सुत्न नसकेको जनाइएको छ। मानवीय क्षति नभए पनि टिङ्कर गाउँसँग फोनसमेत सम्पर्क नभएकोले क्षतिको विवरण आउन बाँकी छ। क्षेत्रमा अझै वर्षा जारी छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।