
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागारमा सरुवा गरिने भएको छ।
हाल रुपन्देहीको भैरहवा कारागारमा रहेका उनलाई अदालत र प्रशासनको स्वीकृति पाएपछि सरुवा प्रक्रिया अघि बढाइएको हो। लामिछाने सुप्रिम सहकारी प्रकरणमा पुर्पक्ष थुनामा छन्।
अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने उच्च अदालतले थुनामै राख्नुपर्ने निर्णय गरेको हो। गृह मन्त्रालयको निर्देशनले सरुवा रोकिएको भन्दै यसअघि आलोचना भएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।