
काठमाडौँ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ लाकुडाकी एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्नुअघि बाटोमै बच्चा जन्माएकी छन् । महिला सुत्केरी हुन लागेको सूचना प्राप्त भए लगत्तै महेन्द्रझ्याडी स्वास्थ्य चौकीका नर्सिङ कर्मचारीको टोली घटनास्थल पुगेको थियो ।
तत्कालै आवश्यक स्वास्थ्य उपचारसहित सालनाल काटी आमा र नवजात शिशुलाई एम्बुलेन्समार्फत महेन्द्रझ्याडी स्वास्थ्य चौकी ल्याइएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । हाल आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था सामान्य र सुरक्षित रहेको स्वास्थ्य चौकीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।