
काठमाडौ ।
काठमाडौँ महानगरपालिका–२६, मित्रनगरबाट स्कुटर चोरीमा संलग्न एक व्यक्ति आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गल्कोपाखाका ३७ वर्षीय रिकेश खड्गी रहेका छन्।
उनले भक्तपुरका कञ्चन भुजुको हराएको स्कुटरको नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
खड्गीलाई लैनचौर प्रहरी वृत्तमा अनुसन्धानका लागि पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।