०२ कात्तिक , काठमाडौँ – आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा । सर्वत्र धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ ।
सफासुग्घर, लिपपोत नगरिएको र बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार बिहिबार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ।
आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। आजको दिनमा महालक्ष्मी तथा श्री गणेशको नयाँ मूर्ति वा तस्विर थापना गरेर विषेश पूजा गर्ने गरिन्छ र अन्त्यमा लक्ष्मीको आरती गर्ने गरिन्छ।
लक्ष्मीको पूजा गर्ने र आरती गर्ने विधि पनि शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रमा उल्लेख गरिएअनुसार पूजा तथा आरती गर्दा गरे लक्ष्मीको कृपा सहजै हुने विश्वास गरिन्छ।