०२ कात्तिक , काठमाडौँ – मिठाई किन्दा व्यापारीले मनपरी रुपमा ग्राहकलाई ठग्ने गरेका छन् ।
विभिन्न प्रकृतिका मिठाईहरुमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।
बढी मूल्य लिएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संंरक्षण विभागले काठमाडौं बानेस्वरस्थित संगम स्वीटलाई चित्त बुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको छ ।
तिहार नजिकिएसँगै अन्य समयको तुलनामा मिठाई पसलमा ग्राहकको भिड दिनप्रतिदिन बढेको छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।