काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक पास हुँदै भारत र चीनबीच भएको व्यापार सम्झौताप्रति नेपाल सरकारले गम्भीरता नदेखाएको आरोप लगाएको छ।
रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौमसत्तासँग सम्बन्धित लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा सरकार उदासीन देखिएको जनाइएको छ।
रास्वपाले संसद्मा उठाइएको नक्सा र राष्ट्रियताको विषयलाई सरकारले बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।
साथै, प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा यी मुद्दा दृढताका साथ उठाउन रास्वपाले माग गरेको छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।