
काठमाडौं ।
काभ्रेको रोशी गाउँपालिका–९ बिरुवा डाँडा र वडा नम्बर–११ पिपलबोटमा लेदो सहितको पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीका अनुसार, घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टोली परिचालित गरिएको छ।
जेसीबीको सहायताले पहिरो हटाएर सडक खुलाउने प्रयास जारी छ। अवरुद्ध स्थान मंगलटारबाट करीब २०० मिटरको दूरीमा पर्छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।