काठमाडौं ।
संखुवासभा जिल्लाको मकालु बरुण गाउँपालिका–३ स्थित कसुवा खोलामा माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका ४५ वर्षीय स्थानीय पुरुषको शव फेला परेको छ।
खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाको रणदल गुल्म, संखुवासभाले २०८२ भाद्र १२ गते उनलाई मृत अवस्थामा फेला पारी स्थानीय प्रहरीलाई शव हस्तान्तरण गरेको हो।


यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।