
धादिङ ।
पृथ्वी लोकमार्ग एकतर्फी रुपमा सुचारु भएको छ। आज (शनिवार ) बिहान ६:४० बजेतिर बेनिघाट रोराङ गाउँपालिका–१० तिन्लाङ खानी बादरे मोडमा वर्षातका कारण ढुङ्गा सहितको ठूलो पहिरो खस्दा पृथ्वी लोकमार्ग दुईतर्फी अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि ई.प्र.का. गजुरीका प्रमुख नायब उपरीक्षक विकाश थापाको कमाण्डमा १५ जना सुरक्षाकर्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा ७ जना गरी कुल २२ जनाको टोली परिचालन गरिएको छ।
अहिले बिहान देखि दुईवटा मेसिन प्रयोग गरी एक तर्फी सडक सुचारु गरिएको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।