
काठमाडौं ।
काठमाडौँको पुतलीसडकमा माइक्रो बसले ठक्कर दिँदा दुई बालबालिका घाइते भएका छन्।
पद्मोदय मोडबाट कमलादी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका ९ वर्षीय विवेक तामाङ र ५ वर्षीया आशिका राईलाई ठक्कर दिएको हो।
विवेकको अवस्था गम्भीर रहेको छ र उनी अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा उपचाररत छन् भने आशिकाको उपचार काठमाडौँ मोडल अस्पतालमा भइरहेको छ।
दुर्घटना पछि माइक्रो चालक २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।