
काठमाडौं ।
शनिबार ललितपुरको हरिसिद्धिमा विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले एक बालिकालाई ठक्कर दिएको छ।
घटनापछि बालिकालाई अस्पताल लगिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुर्घटना अनायास भएको भन्दै पार्टीले सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका छन्।
उनले दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भइरहेको आरोपसमेत लगाए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।