
काठमाडौं ।
हालैको जेन–जीआन्दोलनपछि नेपालयतिखेर राजनीतिक परिवर्तनको बाटोमा छ । तत्कालीनप्रधानमन्त्री केपीशर्मा ओलीको राजीनामा र संसद् विघटनपछि बनेको पूर्व प्रधानन्यायाधीश सुशिलाकार्कीको अन्तरिम सरकारलाई छिमेकी राष्ट्र भारत र चीनका साथै विश्वशक्ति राष्ट्र अमेरिकाले खुला समर्थन जनाएका छन् ।
भारतकाप्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्रीकार्कीलाई टेलिफोन गरेर शान्तितथास्थिरताकायम गर्न उहाँले गरिरहेको प्रयासप्रतिभारतको अटल समर्थन पुनःव्यक्त गर्नुभएको छ । टेलिफोन वार्ताका क्रममा मोदीले नेपालमाशान्ति र स्थायित्वकायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनिजनाउनुभएको जानकारी मोदी आफैंले सामाजिक सञ्जालएक्समार्फत दिनुभएको छ ।
कार्की प्रधानमन्त्री बनेलगतै सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका भारतीयप्रधानमन्त्री मोदीले टेलिफोन वार्तामा जेन–जीआन्दोलनमाभएको क्षतिप्रतिदुःखव्यक्तगर्दै मृतकका परिवारमा समवेदनापनि प्रकट गर्नुभएको थियो । साथै उहाँले प्रधानमन्त्रीकार्कीमार्फत असोज ३ गतेको नेपालको संविधानदिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामनासमेत दिनुभएको थियो । यसअघि नेपालकालागिभारतका राजदूतनवीनश्रीवास्तवले प्रधानमन्त्रीकार्कीसँग भेट गरी भारतकाप्रधानमन्त्री मोदीको बधाई तथाशुभकामना सन्देश दिइसक्नुभएको थियो ।
मोदीसँगको टेलिफोन वार्तालगतै नेपालकालागिचीनका राजदूत चेन सङले पनिप्रधानमन्त्रीकार्कीसँग भेट गरी चीनले नेपालीजनताले गरेको आन्दोलनलाई स्वागत गरेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीकार्कीलाई चीन सरकारको बधाई सन्देश दिँदै चीन नेपालीजनताले रोजेको राजनीतिकतथाविकासको मार्गको सम्मानगर्दै नेपालको विकास र समृद्धिको लक्ष्यहासिल गर्ने आकांक्षामा निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ राजदूत सङ स्वयंले पनि सामाजिक सञ्जालएक्समाप्रधानमन्त्रीकार्कीलाई भेटेर बधाई दिनतथा सहयोगको प्रतिबद्धता व्यक्त गर्न पाउँदाअत्यन्तै खुसीलागेको कुरा लेख्नुभएको छ ।
त्यसैगरी बिहीबार नै अमेरिकी राजदूत डिन आर थम्पसनले पनि सिंहदरबारमा प्रधानमन्त्रीकार्कीलाई भेटेर नेपालको विकास आकांक्षामा निरन्तर साथदिनतयार रहेको र नेपालको लोकतान्त्रिकयात्रामा अमेरिकाको समर्थन रहेको जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यतिखेर नेपाल ऐतिहासिक मोडमा छ । एकातिर अन्तरिम सरकारले अन्तर्राष्ट्रिय समर्थन पाएको छ भने अर्कातिरतीन ठूला दलकाशीर्ष नेताहरू केपीशर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमलदाहाल प्रचण्डको मौनताले जनताको आक्रोशलाई अझै बढाइरहेको छ । जेन–जीआन्दोलनको पहिलो दिन नै १९ जनाको ज्यानगएको घटनामा तीतीनै शीर्ष नेताहरूले अहिलेसम्म न त सार्वजनिकरूपमामाफीमागेका छन्, न त जनतालाई सम्बोधन नै गरेका छन् ।
हुन त माफीमाग्दाकानुनीजिम्मेवारी बढ्ने डर र पार्टीभित्रशक्तिगुम्ने त्रास पनिहोला । त्यतिमात्रै होइन, पुरानो राजनीतिक संस्कृतिमामाफीलाई कमजोरी ठान्ने प्रवृतिका कारण पनितीशीर्ष नेताहरूले मौनता साँधेको हुनसक्छ । तर,यो मौनताले युवा पुस्तामाझनै आक्रोश बढाइरहेको छ भने ती नेताहरूलाई जवाफदेहीबनाउनअन्तरिम सरकारमाथिअझ बढी दबाबसिर्जना गरिरहेको छ । यो समर्थनलाई सदुपयोग गरेर पारदर्शी, जवाफदेही र चुनावीतयारीमा ठोस कदमचालियो भनेमात्र नेपालमालामो समयको राजनीतिकअस्थिरताबाट बाहिर निस्कने सम्भावनाबलियो हुनेछ ।
तर, फेरि माफीदिँदै जवाफदेहीतालाई बेवास्ता गरिएमा यसले फेरि अर्को आन्दोलनको बीउ नरोप्लाभन्न सकिन्न ।
भारत र चीनदुवैले यसपटक नेपालमास्थिरताचाहेको संकेत दिइरहेका बेलामायीदुई देशबीचको प्रतिस्पर्धामा नेपालले सन्तुलित कूटनीति खेल्न सके ठूलो आर्थिक लगानी, पूर्वाधार परियोजना र व्यापारिक लाभलिन सक्ने सम्भावनाप्रशस्त छ ।
त्यसैगरी अमेरिकाले जनताकामाग र मानवअधिकारलाई प्राथमिकतादिएर नेपालमालोकतान्त्रिक सुधारतर्फ दबाबदिएको छ । यसले नेपालमा सुधार प्रक्रियामाअन्तर्राष्ट्रिय निगरानीबलियो बनाउन सहयोग पुग्नेछ ।नेपालकालागि महत्वपूर्ण यीतीनै राष्ट्रले अन्तरिम सरकारलाई खुला हृदयका साथअन्तर्राष्ट्रिय वैधता दिएकोले आगामीफागुनमाहुने आमनिर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अनुकूल वातावरण त प्रदान गरेको छ तर, सरकारले यसलाई कसरीउपयोग गर्छ आगामीदिनमा प्रष्ट हुनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।