
काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको छ। मंगलबार सम्पन्न भेटमा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार पतन भई कार्की प्रधानमन्त्री बनेकी हुन्। नेपाली सेनाको पहलमा कार्की प्रधानमन्त्री बनेपछि प्रधानसेनापतिसँगको यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।