काठमाडौं ।
नेपाली कांग्रेसले असोज २६ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछिको हिंसात्मक घटनापछि कांग्रेसले पहिलो पटक केन्द्रीय बैठक डाकेको हो।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्व परिवर्तनको बहस अघि सारेका छन्।
भदौ २४ गतेको प्रदर्शनमा सानेपास्थित पार्टी कार्यालय, सभापति शेरबहादुर देउवाको निवास लगायतमा आक्रमण हुँदा देउवा र उनकी पत्नी आरजु घाइते भएका थिए। दुवैको उपचार भइरहेको छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।