
काठमाडौं ।
काठमाडौं नजिकै भीमसेनथानमा बिहान साढे ३ बजेदेखि लागेको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आगलागी काठमाडौं महानगरपालिका–२२ स्थित मोहन शाहको दुई तले घरमा रहेको कपडाको गोदामबाट सुरु भएको हो।
हालसम्म आगो ५० प्रतिशत मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनास्थलमा दमकल, प्रहरी र सुरक्षाकर्मी परिचालित छन्।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।