
काठमाडौं ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।
रूपन्देहीको बुटवलबाट ३.६१ ग्राम ब्राउनसुगरसहित दुई जना, मकवानपुरको तुलसीपुरबाट ५१० मिलिग्राम खैरो हेरोइनसहित एक जना, बर्दियाको कण्ठपुरबाट १.१५ ग्राम ब्राउनसुगरसहित दुई जना र इलाम नगरपालिका–८ बाट ३४० मिलिग्राम ब्राउनसुगरसहित एक जना सोमबार दिउँसो पक्राउ परेका हुन्।
उनीहरूलाई लागूऔषधसहित सम्बन्धित स्थानका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।