
काठमाडौं ।
गाजा पट्टीमा बुधबार इजरायलको हवाई र स्थल आक्रमणमा कम्तीमा १२ जना प्यालेस्टिनीको ज्यान गएको छ भने धेरै घाइते भएका छन्।
अल–फलाह स्कूल, नुसिरात शरणार्थी शिविर, ताल अल–हवा, र अल–शती शरणार्थी शिविरमा भएका आक्रमणले ठूलो जनधनको क्षति पुर्याएको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २०२५ मा मात्रै गाजामा २,१०६ जनाको मृत्यु भएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।