
काठमाडौं ।
जेनजी आन्दोलनपछिको अस्थिर परिस्थितिमा मुलुक नेतृत्वविहीन बनेको छ भने, लोकतान्त्रिक अग्रणी शक्ति नेपाली कांग्रेस स्वयं आन्तरिक संकटमा फसेको छ। ७६ जनाको ज्यान जानेगरी भएको जनआन्दोलनपछि मुलुक असामान्य अवस्थामा पुगेको हो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बने पनि चुनावको सुनिश्चितता र राजनीतिक समन्वयमा अन्यौल छ।
यसैबीच कांग्रेसभित्रको नेतृत्व संकट समाधान गर्दै मुलुकलाई निकास दिन शेखर कोइरालाको भूमिका आवश्यक ठानिएको छ। पुराना र युवा नेताबीचको समन्वय गर्दै पार्टी पुनर्गठन र मुलुकको नेतृत्व सम्हाल्न कोइरालाप्रति आम अपेक्षा बढ्दो छ। नियमित महाधिवेशनमार्फत पार्टीलाई सशक्त बनाउने र मुलुकलाई स्थायित्वमा लैजाने रणनीतिमा उनले पहल गर्नुपर्ने आवाज उठेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।