
काठमाडौं ।
बर्दिबास नगरपालिका खैरमारामा काठमाडौं जाने क्रममा बस दुर्घटना हुँदा स्थानीय ८० वर्षीया चुल्हाइ चौधरीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। दुर्घटना आज बिहान ना ६ ख १४६३० नम्बरको बसले सडकमा पल्टिँदा भएको हो। बसमा एकजना च्यापिएको थियो।
प्रहरीले घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरी अस्पताल पठाएको छ। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।