
काठमाडौँ ।
बिपी राजमार्गमा भारी वर्षाका कारण काभ्रेको मंगलटारमा सवारी आवागमन रोकिएको छ।
सडक विभागका प्रवक्ता प्रभात कुमार झाका अनुसार धुलिखेल, भकुन्डेबेँसी र बनेपातिर भीषण वर्षा भइरहेकाले काठमाडौँतर्फ जाने गाडी काभ्रेभन्ज्याङ्गमा र काठमाडौँ आउने गाडी मंगलटारमा रोकिएको हो।
वर्षा कम नभएसम्म सवारी चल्न नदिइने विभागले जनाएको छ। दसैँको समयमा यो राजमार्ग भएर दैनिक करिब १० हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।