
काठमाडौ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२१ गंगारामपुरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २४ वर्षीय सोनु अलीलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार राति तेलियनपुर प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई २ ग्राम १९० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।