
काठमाडौं ।
देशका विभिन्न स्थानहरूबाट प्रहरीले सोमबार ६ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।
धनुषाको गणेशमान चारनाथबाट ब्राउनसुगर जस्तो देखिने ३७.९ ग्राम लागूऔषधसहित दुई जना, मोरङको सुन्दरहरैंचाबाट ९२ ट्याब्लेट ट्रामाडोलसहित दुई जना, र झापाको गौरीगञ्जबाट १५.५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरू मोटरसाइकलमा लागूऔषध बोकी आउँदै गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।