
काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्।
ललितपुरमा दिउँसो १ बजे बस्ने बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन हुने भएको छ। देउवा आन्दोलनपछि पार्टीका कुनै बैठकमा सहभागी भएका छैनन्।
यो कांग्रेस पदाधिकारीहरूको पहिलो औपचारिक बैठक हो, जसमा सभापति अनुपस्थित रहने छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।