
काठमाडौँ ।
नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ, जुन बुधबारको तुलनामा १ हजार २ सय रुपैयाँले बढी हो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर ३ हजार ३५ रुपैयाँ पुगेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।