
काठमाडौँ।
राजधानी काठमाडौँको फोहोर व्यवस्थापन पुनः संकटमा फँस्दै गएको छ। नुवाकोटस्थित सिसडोलमा फोहोर फाल्न नपाउँदा सिंगो उपत्यका दुर्गन्धित हुँदै गएको छ। तर, यो फोहोरको समस्या मात्रै नभएर प्रहरी र काठमाडौँ महानगरबीचको शक्ति–राजनीति पनि सक्रिय रहेको संकेत पाइन्छ।
स्रोतका अनुसार, सिसडोल फोहोर व्यवस्थापन विवाद अहिले योजनाबद्ध रूपमा उठाइएको हो। विवादलाई नियन्त्रणमा ल्याउने बहानामा बार्ता (संवाद) को वातावरण तयार गर्न उच्च प्रहरी अधिकारीहरूसमेत संलग्न रहेको बताइन्छ।
एआईजीको निर्देशनमा ‘बार्ता टोली’
स्रोतले जनाए अनुसार, फोहोर उठाउन ढिलाइ गर्ने र महानगरसँग राजनीतिक लाभ लिन खोजिएको योजनाअन्तर्गत प्रहरी नायव महानिरीक्षक (एआईजी) डा. मनोज के.सी. ले सिआइबीका प्रमुख प्रहरी नायव उपरीक्षक सत्य नारायण थापा र अनिल घिमिरेको टोली परिचालन गरेका छन्। उनीहरूलाई “बार्ता तालमेल मिलाउने” जिम्मेवारी दिइएको थियो। यही कारण राजधानीमा सिसडोल फोहोर विवाद पुनः उभिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।