
काठमाडौ ।
पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ ।
कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु( गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गर्नुभएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।