
काठमाडौं ।
बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित झाडीबाट वेवारिसे अवस्थामा इन्सास राइफल १ थान, म्याग्जिन १ थान र २१ राउण्ड गोली प्रहरीले बुधबार दिउँसो बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले उक्त हतियार फेला पारेको हो। बरामद हतियारबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।