
काठमाडौं ।
नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य मोहम्मद आफ्ताब आलमको निधनप्रति श्रद्धाञ्जलि स्वरूप आइतबार देशभरका केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिनसम्म पार्टी कार्यालयमा झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेस रौतहटका पूर्वसभापति आलमको ६३ वर्षको उमेरमा शुक्रबार राति काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।