नन्दु यादव,
जेठ 6 नवलपरासी ।
नवलपरासीकाे सिमा क्षेत्रमा जनताहरुलाई प्रहरीले चरम दुख दिईरहेकाे स्थानिय जनताले गुनासाे गरेका छन ।सिमा क्षेत्रमा रहेका प्रहरीहरुले सामान चेकजाचगर्ने नाममा अामजनतालाई दुख दिईरहेका बताईएकाे छ।बिगत केही दिन देखि समस्या भाेग्दै अाएका कुडिया,रुपाैलिया,त्रिबेणी ठाउमा रहेमा स्थानिय बासिले बताएका छन ।सिमावर्ति भैसालाेटनकाे बजारबाट सामान्य सामान लिएर अाउदापनि त्रिबेणीकाे ब्यारेजपुलमा प्रहरीले घन्टाै सम्म चेक गरि दुख दिएकाे बताईएकाे छ।सामान चेकजाचकाे क्रममा प्रहरीले चियापानकाे लागि पैसा माग्ने गरेकाे पिडितहरुले बताएका छन।अझ बिहार बाट नेपालमा चारपान्ग्रे गाडि लियर अाउदा पुन नेपाल बाट बिहार फर्किनेक्रममा गाडि सुबिधाकाे समय समाप्त भएकाे बहाना र अाेभर लाेड भएकाे बहानामा गाडि हरुकाे ड्राईभर हरु सग मनाेमानी रुपमा रकम असुली गरिरहेका छन।नेपाल भारत बिच राेटि बेटि सम्बन्ध रहेकाे हुदा बिहारकाे भैसालाेटन,बगहा,लगायतका बजार हरुमा नेपालकाे त्रिबेणी कुडिया, बेलाटारी लगायतका हजाराै नेपाली हरु बजार गर्न बिहार जाने गर्दछन। त्रिबेणी नाकाबाट डुङ्गा बाट नारायणी तरि रक्सि तस्करी ,लागुपदार्थ अाेसार पसार बढेकाे स्राेत ले बताएकाे छ। सरकारले अामजनतामा सुरक्षा र शान्ति प्रदान गर्नकाे लागि खटाएकाे प्रहरीले जनता लाई सेवा दिनु अामजनताकाे माग रहेकाे छ।