जेष्ठ ३, संधिय संरचनामा गएपछी नेपालकै बहु
प्रतिष्ठित भएको भरतपुर महानगर पालिका नेपाली
काग्रेस र नेकपा माओबादी केन्द्र का साझा
उमेद्दवार र एमालेका उमेद्दवार बिच स्थानिय तहको
निर्वाचन मत गणना देखी नै तिव्र प्रतिस्पर्धा हुदै
आएको हो । भरतपुर महानगर पालिका वडा नं १
गणना हुदा सम्म एमाले का मेयर देबी ज्ञवली अग्र
पंतिमा थिए भने साझ उमेदवार प्रधानमन्त्री
पुष्पकमल दहालकी पुत्री रेणु दहाल पछयाउदै आएकी
थिइन भने यस्तै उपमेयरमा पार्वती शाहले एमालेकी
दिब्य आचार्य लाइ पछयाउदै आएकी थिइन । वडा नं
२ को मतगणना हुदा एमाले का मेयर देबी ज्ञवली
१०७३ मतले अगाडी रहेका छन ।
मेयर
देवि ज्ञवाली-३१००
रेणु दाहाल -२०२७
उपमेयर
नेपाली कांग्रेस पार्वती शाह २४६७
नेकपा एमाले दिव्या आचार्य २५८२
खैरहनि नगरपालिकामा पनि अहिले मतगणना
भैरहेको छ । खैरहनि नगरपालिकामा भने नेपालि
काङग्रेसले अग्रता हासिल गरिरहेको छ । त्याहाँ
काङग्रेसले मेयरमा २३३० ,उपमेयरमा २४९० र वडा
अध्यक्षमा २८३ मत प्राप्त गरेको छ । यस्तै नेकपा
एमालेले मेयरमा २१६६ ,उपमेयरमा २४९० र वडा
अध्यक्षमा २५२ मत ल्याएको छ ।
त्यस्तै माओबादि केन्द्रले मेयरमा १५५५ ,उपमेयरमा
१२०२ र वडा अध्यक्षमा १३८ मत प्राप्त गरेको छ ।
अहिले खैरहनि नगरपालिका वडा नम्बर ३ को
मतगणना भैरहेको छ ।
रत्ननगर नगरपालिकामा नेकपा एमालेले सामान्य
मतले अग्रता हासिल गरेको छ । एमालेले मेयरमा ३२९७
र उपमेयरमा ३२०४ मत ल्याएको छ । यस्तै काङग्रेले
मेयरमा ३१४८ मत ल्याएर दोस्रो स्थानमा रहदाँ ,उसले
उपमेयरमा भने ३०२९ मत ल्याएको छ ।
यस्तै माओबादि केन्द्रले भने मेयरमा ९३६ र उपमेयरमा
९७२ मत ल्याएको छ । अहिले वडा नम्बर २ को
मतगणना जारी रहेको छ ।
माडीमा एमालेको अग्रता कायमै रहेको छ ।
माडिमा एमालेले मेयरमा २५८१ र उपमेयरमा २६३८ मत
ल्याएको छ भने नेपालि काङग्रेसले मेयरमा १०३६ र
१११७ मत प्राप्त गरेको छ । यस्तै माओबादि केन्द्रले
मेयरमा ११५५ र उपमेयरमा ११३५ मत ल्याएको छ ।
यस्तै राप्रपाले मेयरमा १६८५ मत ल्याएर दोस्रो
स्थानमा रहेको छ । राप्रपाले उपमेयरमा ११५२ मत
ल्याएको छ ।
माडिमा अहिलेसम्म वडा नम्बर ६,७ , ८ र ९ को
मतगणना सकिएको छ । वडा नम्बर ६ , ७ र ८
मानेकपा एमालेको प्यानलनै बिजयी भएको छ भने
वडा नम्बर ९मा खुल्ला वडा सदश्य बाहेक अन्यमा
पनि एमाले नै बिजयी भएको छ ।
अहिले वडा नम्बर ५ को मतगणना जारी रहेको छ ।
#रेडियो नारायणी