
काठमाडौँ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्य रूपमा सफा छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जबकि अन्य क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। राति पनि कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।