
काठमाडौँ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दै तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार तोलामा ४ हजार ५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर तोलामा ४ हजार ८० रुपैयाँ पुगेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।