
काठमाडौँ ।
नेकपा (एमाले) को ११३९ मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ८४३ मतसहित स्पष्ट अग्रस्थानमा रहनुभएको छ भने ईश्वर पोखरेलले २९६ मत प्राप्त गर्नुभएको छ।
उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङ ९०० मतसहित अगाडि रहँदा विष्णु प्रसाद पौडेल ८४६ र रामबहादुर थापा ‘बादल’ ७७४ मतसहित पछ्याइरहनुभएको छ।
महासचिव पदमा शंकर पोखरेल ६१३ मतसहित सुरेन्द्र प्रसाद पाण्डे (५२६) भन्दा अघि देखिनुभएको छ।
उपमहासचिवमा लेखराज भट्ट (७३४), योगेश भट्टराई (७०९) र रघुवीर महासेठ (६८९) अग्रपंक्तिमा छन्।
सचिव पदमा पद्मा कुमारी अर्याल (७७८), महेश बस्नेत (७८३), छविलाल विश्वकर्मा (७६९) र शेरधन राई (७६७) ले उच्च मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।