
स्विट्जरल्याण्ड।
स्विट्जरल्याण्डको विलासी स्की रिसोर्ट सहर क्रान्स–मोन्टानास्थित एक बारमा विस्फोट हुँदा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ।
स्विस प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार ‘कन्स्टेलेसन बार’ मा विस्फोट हुँदा त्यस समयमा बारभित्र १०० भन्दा बढी मानिसहरू उपस्थित थिए। विस्फोट स्थानीय समयअनुसार बिहान करिब १:३० बजे भएको प्रहरीले बीबीसीलाई जनाएको छ।
प्रहरीका अनुसार घटनापछि तत्काल राहत तथा उद्धार कार्य सुरु गरिएको छ। प्रभावितहरूलाई सहयोग गर्न विभिन्न प्रशासनिक टोलीहरू परिचालन गरिएको र घटनास्थल वरपरको सम्पूर्ण क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ।
सुरक्षाका दृष्टिले क्रान्स–मोन्टानालाई ‘नो–फ्लाई जोन’ घोषणा गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले घटनामा “धेरै” जनाको मृत्यु भएको संकेत गरे पनि मृतकको यकिन संख्या भने अझै सार्वजनिक गरिएको छैन।
क्रान्स–मोन्टाना स्विस आल्प्स पर्वत शृङ्खलामा अवस्थित एक प्रसिद्ध तथा विलासी स्की रिसोर्ट सहर हो, जुन विशेषगरी बेलायती पर्यटकहरूमाझ लोकप्रिय मानिन्छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।