
काठमाडौं ।
मेटलाइफ नेपालले गत भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको उक्त सहयोग रकम आज मिति २०८२ पुस १७ गते मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई जानकारी गराएका हुन्। सो अवसरमा अर्थमन्त्री खनालले कोषमा योगदान पुर्याएकोमा मेटलाइफ नेपालप्रति नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे।
अर्थ मन्त्रालयका अनुसार आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भइसकेको छ। उक्त रकम आन्दोलनबाट प्रभावित संरचनाको पुनर्निर्माण, राहत वितरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमहरूमा प्रयोग गरिने जनाइएको छ।
सरकारले निजी क्षेत्र, संघ–संस्था तथा नागरिक समाजलाई पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गर्दै आएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।