
काठमाडौँ ।
नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा ३ हजार १०० रुपैयाँ बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ। यस्तै चाँदीको मूल्य पनि वृद्धि भई तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको छ, जुन सोमबार ४ हजार ६८५ रुपैयाँ थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।