
काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार चयन गरेको एक नेताले जानकारी दिएका छन् । एमालेले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राजनीतिक दलहरूबिच कांग्रेस र एमालेले ७–७ सिट, नेकपाले ३ सिट र जसपा नेपालले १ सिट लिने सहमति भएको बताइएको छ । एमालेले अझै एक उम्मेदवार चयन गर्न बाँकी रहेको जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते हुने निर्वाचनमार्फत रिक्त १८ सदस्य चयन गरिनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।