१० कात्तिक , काठमाडौँ – मंसिर १० र २१ गतेका लागि तोकिएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सारिए व्यवस्थापिका संसद् ब्युँताउने चेतावनी वाम गठबन्धनले दिएको छ ।
सर्वोच्च अदालतले मतपत्रसम्बन्धी आदेश दिएको भोलिपल्ट विहीबार वाम गठबन्धनले पत्रकार सम्मेलन गरी संसद् ब्युँताउने चेतावनी दिएको हो ।
गठबन्धनले निर्वाचन मिति सार्ने प्रस्ताव वा अन्य कुनै गतिविधि र क्रियाकलाप भए असह्य हुने पनि प्रस्ट पारेको छ ।
यो खबर आजको नागरिक दैनिकमा छ ।