जेष्ठ ९, नवलपरासी स्थानिय तह दास्रो चरणको निर्वाचनको सरगर्मि नवलपरासीको प्रदेश नम्बर ५ मा बढेको छ । पहिलो चरणको निर्वाचन सकेपछि जेठ ३१ गते हुने दास्रो चरणको निर्वाचनको लागि नवलपरासीमा पार्टिहरु प्रचार प्रसारमा लागेका छन् । नवलपरासीको नवलपुर क्षेत्रको पहिलो चरणको निर्वाचन सकेपछि दोस्रो चरणको निर्वाचनमा नवलपरासीको सदरमुकाम परासी, सुनवल, बर्दघाट र ग्रामिण क्षेत्रमा राजनितिक पार्टिहरुले प्रचार प्रसार टोल भेला तथा पार्टि प्रवेश कार्यक्रम शुरु गरेका छन् । जेठ ३१ गतेको निर्वाचन लाई लक्षित गर्दै पार्टिहरु गाँउ गाँउ टोल टोलमा पुग्न थालेका छन् । नवलपरासी जिल्लाको नवलपुर क्षेत्रको ८ स्थानिय तह प्रदेश नं. ४ मा भएको ले त्यसको निर्वाचन बैशख ३१ गते सम्पन्न भएको थियो भने नवलपरासी जिल्लाको बाँकी ७ स्थानिय तह रामग्राम न.प., सरावल गा.पा., प्रतापुर गा.पा., त्रिवेणी सुस्ता गा.पा.(त्रिवेणीको ६र ७ वडा ४ प्रदेशमा सम्पन्न), सुनवल न.पा., बर्दघाट न.पा.र पाल्ही नन्दन गाउपालिका प्रदेश नं. ५ मा भएको ले यसको निर्वाचन जेठ ३१ गते हुने भएपछि पार्टिहरुले वडा कार्यालयको स्थापना सहित कार्यकर्ता भेला गर्ने कार्यक्रम शुरु गरेका छन् । त्यस्तै नवलपरासीको सुनवल र बर्दघाटमा एमाले र कागं्रेसको कडा प्रतिस्पर्धा हुने भनिएको छ भने सदरमुकाममा मधेशवादि दल, कांग्रेस, एमाले र माओवादिको कडा प्रतिस्पर्धा हुने अनुमान गरीएको छ । त्यस्तै ग्रामिण क्षेत्रमा मधेशवादि दल र कांग्रेस को प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणको निर्वानमा मधेशवादि दलहरुले माग पुरा नभए निर्वाचनमा भाग नलिने भने पनि निर्वाचनको लागि भित्रि तयारीमा जुटेका छन् । त्यस्तै दोस्रो चरणको निर्वाचनमा मधेशवादि दलले गठबन्धन गरी निर्वाचनमा भाग लिने भनेका छ । एमाले, कागं्रेस र माओवादिको मधेश प्रतिको व्यवहार लाई लक्षित गर्दै मधेशवादि दलहरुले गठबन्धन गरी दोस्रो चरणको निर्वाचनमा मधेशी पार्टि पहिलो हुने बताएको छ । त्यस्तै प्रदेश नं. ५ मा पर्ने नवलपरासीको ७ स्थानिय तह बाहेक ३ थप स्थानिय तह थप्ने निर्णय भएको छ । जेठ ३१ गते हुने निर्वाचनको प्रदेश नं.१,२,,५ र ७ थप २२ स्थानिय थप हुने सरकारको निर्णय अनुसार प्रदेश नं.५ को नवलपरासीमा पनि ३ स्थानिय तह थप्ने निर्णय भएको छ ।