जेष्ठ ९, नवलपरासी । कावासोति नगरपालीकाका निवार्चित प्रमुख तथा उप प्रमुख सहितको टोलि यतिवेला भेटघाट क्रार्यक्रम गर्न मै ब्यस्त भएका छन । आफुलाई अमुल्य भोट दिएर जिताएका जनताहरुको घर दैलोमा भेटघाट गर्नकालागी प्रमुखहरुलाई म्याई नम्याई भएको छ । गत शनिवार देखि नगरका विभिन्न वडाहरुमा मतदाताहरु संगको भेटघाटलाई निरन्तरता दिदै आएको नव निवाचित उपमेयर प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो। पहिलो दिन १ देखी ६ सम्म नम्बर वडासम्म भेटघाटको कार्य गरिएको थियो भने दोस्रो दिन वडा नं ७,१४,र१६ वडाहरुमा रहेका मतदाताहरु संगका भेटघाट गरिएको थियो । त्यस्तै गरि तेस्रो दिन १० ,१२ १३,५,र ३ र चोथो दिन ८ ९ ,१५र १७ वडाहरुमा भेटघाट गरिएको छ। वांकि वडाहरुमा बुधवार भेटघाट गरिनेछ ।