
काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी सभापति शेरबहादुर देउवा पक्षको बैठकमा सहभागी भएका छन्। आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा उनी सहभागी भएका हुन्।
सुरुमा बैठकमा नजाने तयारी गरेका कोइराला सबैले सहभागिता जनाउनुपर्ने सुझावपछि बैठकमा गएको उनको सचिवालयले जनाएको छ। बिहान ८ बजेका लागि बोलाइएको बैठक पौने १२ बजेपछि सुरु भएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।