
काठमाडौं ।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद सर्वोच्च अदालत पुगेको छ। विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भई निर्वाचन आयोगले त्यसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा समूहले अदालतमा रिट दायर गरेको हो।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउदलगायत नेताहरू सर्वोच्च अदालत पुगेका छन्। उनीहरूले निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरेका छन्।
तर विशेष महाधिवेशनको पक्षमा खुलेर समर्थन नगरेको शेखर कोइराला समूह अदालत गएको छैन। कोइरालाले आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आफ्ना पक्षीय नेताहरूको छुट्टै भेला बोलाएका छन्। नेता सञ्जय गौतमले अदालत जाने विषयमा व्यक्तिगत रूपमा समर्थन नरहेको बताएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।