
काठमाडौँ ।
नेपाली कांग्रेसमा गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आजका लागि तोकिएको छ।
रिट आइतबार दर्ता गरिएको थियो र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दर्ता गरेका हुन्। प्रारम्भमा रिटको पेसी आइतबारका लागि नै तोक्न आग्रह भए पनि सर्वोच्च प्रशासनले त्यस समय सम्भव नहुने जानकारी दिएको थियो।
कांग्रेसमा आधिकारिकताको विवाद तब सुरु भएको थियो जब गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।