नन्दु यादव ,
जेठ ९ बेलाटारी नवलपरासी । नवलपरासीमा रहेकाे भन्सार कार्यालयका कर्मचारी हरुले भारतीय गाडिकाे सुबिधा गरे बापत मनाेमानी रुपमा पैसा असुलि गरिरहेका छन ।जिल्लामा रहेकाे महेशपुर भन्सार कार्यालय र यश अन्तर्गत रहेकाे भुजहवा छाेटि भन्सार कार्यालय,गुठिप्रसाैनी भन्सार कार्यालय ,त्रिबेणी भन्सार कार्यालय बिसुनपुरा छाेटि भन्सार कार्यालय लगायतका कार्यालयमा रहेका कर्मचारि हरुले मनपरि रकम असुलि गरिरहेकाे पाईएकाे छ।सरकार नीति अनुसार भारतिय गाडि नेपालमा केही निश्चित दुरि सम्म जानकाे लागि सुबिधा गरेर जाने प्रावाधान रहेकाे छ र देशका मुख्य ठाउमा जानकाे लागि भन्सार गरिनु पर्ने प्रावाधान रहेकाे छ।तर निश्चित दुरि जानकाे लागि भारतिय गाडिकाे सुबिधा निशुल्क रहेकाे प्रावााधान रहेकाे छ तर पनि भन्सार कार्यालयका कर्मचारिहरुले भारतिय नागरिकहरुबाट माेटरसाईकलकाे १० रुपैया भारु पैसा र बाेलेराकाे रु ५० रुपैया लि ईरहेका छन ।