
काठमाडौँ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत १ करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको मतपत्र छपाइमा अब ५० लाख थान बाँकी रहेको आयोगले जानकारी दिएको छ।
समानुपातिकतर्फको मतपत्र छपाइ सकिएपछि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिने आयोगले जनाएको छ। प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ भने प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४०६ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ।
आयोगका अनुसार उम्मेदवारमध्ये ३ हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक जना रहेका छन्। उम्मेदवारी दर्तादेखि फिर्तासम्मको प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।