
काठमाडौँ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने तयारी भइरहेको छ।
भेलामार्फत विशेष महाधिवेशनपछिको पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे नेता–कार्यकर्तालाई जानकारी गराइने जनाइएको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा रहेका छन् भने भेलाको मिति भने अझै तय भइसकेको छैन।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।