११ कात्तिक , काठमाडौँ – पहिले मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारणमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ ।
यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किनपुग्छ । सडकमा उभिएका ट्रफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ । आजको नागरिक दैनिकमा खबर छ ।
ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेतुले भने, ‘बाटो, गाडी सबै ठिक हुन्छन, त्यस्तो बेल सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन् ।’
उपत्यका ट्रफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने, ‘देखिने खास कारणबिनै दुर्घटना भएका हुन्छन् । सोध्दा एक्कासी अँध्यारो देखें भन्छन् ।’
यो खबर आजको नागरिक दैनिकमा छ ।